लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः सोरेंग एफसी क्वार्टर फाइनलमा

IMG_20221216_201435.jpg

राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सोरेंग एफसी-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान पक्का गऱ्यो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा शुक्रवार भएको प्री-क्वार्टर फाइनल म्याचमा सोरेंग एफसी-ले एमपीवाईसी लाब्दा बस्तीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निमा तामाङले गोल गरे। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ।

यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement