राजगञ्ज: आज सडक दुर्घट्नामा एक जनाको मृत्यु भएको छ।यो दुर्घटना जलपाईगढी सरकारी इञ्जिनियरिङ कलेज मोड इलाकामा भएको हो। यस सडक दुर्घटनामा स्कुटी चालकको मृत्यु भएको छ। जानकारी अनुसार स्कुटीमा सवार भएर जलपाईगढीबाट सिलगढीतर्फ आइरहेको समय स्कुटी अनियन्त्रित भएर अघि रहेको एउटा लरीभित्र स्कुटी पस्दा लरीको पछिल्तिरको चक्काले किच्चाएर स्कुटी चालकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी ट्राफिक तथा कोतवाली थाना पुलिस र दमकल विभाग घटनास्थलमा पुगे। पुलिसले घटनास्थलबाट लरीलाई आफ्नो नियन्त्रणमा लिए तापनि लरी चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।










