महिलाको शव झुण्डिएको अवस्थामा

IMG-20221216-WA0258.jpg

अलिपुरद्वार: कालचिनी ब्लकको राजाभटखवा गोराबस्ती क्षेत्रमा एक महिलाको झुण्डिएको अवस्थामा शव भेटिएपछि सनसनी फैलिएको छ। मृतक महिलाको नाम शिखासुरी राभा हो । स्थानीय श्रोतअनुसार मृतक महिलाका श्रीमान कामको खोजीमा बाहिर राज्य गएका छन्। ती महिला आफ्ना दुई बच्चासहित घरमा बस्दै आएकी थिइन्। महिलालाई घरमा झुण्डिएको अवस्थामा आफन्तले देखे। त्यसपछि तिनलाई कलचिनीको उत्तर लताबारी ग्रामीण अस्पतालमा ल्याइएकामा ड्युटीमा रहेका चिकित्सकले मृत घोषणा गरेका थिए। यता, घटनाको जानकारी पाएलगत्तै कालचिनी प्रहरी चौकीको प्रहरी पुगेर मृतक महिलाको शव बरामद गरी प्रहरी चौकीमा ल्याएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि शुक्रबार अलिपुरद्वार जिल्ला अस्पताल पठाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *