स्वनिर्भर बनाउने उद्देश्यले हर्टिकल्चर विभागको आयोजनामा च्याऊ खेती विषयमा प्रशिक्षण शिविर सम्पन्न

IMG-20221216-WA0279.jpg

खरसाङ: जीटीए हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीको पहलमा गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा च्याऊ खेती विषयमा प्रशिक्षण शिविर सम्पन्न भएको छ। विशेष गरी नारीहरूलाई स्वनिर्भर गराउन र जीटीए चिफ् अनित थापाको भिजन र सोचलाई अघि लानलाई च्याऊ खेती प्रशिक्षण शिविर सम्पन्न भएको छ। उक्त शिविरमा खरसाङ खण्ड अन्तर्गत पर्ने घैयाबारी ग्राम पञ्चायत एक, रोहिणी क्षेत्र र खरसाङका केही गाउँरूका च्याऊ खेतीमा रुचि भएकाहरूलाई लिएर च्याऊ खेती विषयमा प्रशिक्षण दिइएको छ। उक्त च्याऊ खेती प्रशिक्षणमा हर्टिकल्चर विभाग जीटीएको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्री, जुनियर सेन्टिफिक अफिसर निसन भोटिया र टिस्यु कल्चर विषयको शोध व्यक्ति याङडुप लामा विशेष रुपमा उपस्थित रहेका थिए। सबिना गिरीले सञ्चालन गरेको उक्त प्रशिक्षण शिविरमा स्वागत सम्भाषण विभागीय एमओडी सभासद प्रणाम रसाइलीले राखेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधानले पनि आफ्नो वक्तव्य राखेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ पनि उपस्थित रहेका थिए। भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोनको अध्यक्षतामा सम्पन्न च्याऊ खेती विषयमा राखिएको प्रशिक्षण शिविरमा हर्टिकल्चर विभागको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्री र जुनियर सेन्टिफिक अफिसर निशन भोटिया र शोध व्यक्ति याङडुप लामाले च्याऊ खेती विषयमा प्रशिक्षण दिएका थिए भने प्रैक्टिकल रूपमा च्याऊ खेती विषयमा जानकारी गराइएको थियो। यस अवसरमा ट्रेनिङमा उपस्थितहरूलाई च्याऊ खेतीको लागि च्याऊको बीजहरू पनि वितरण गरिएको थियो। च्याऊ खेती प्रशिक्षण कार्यमा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोनले पनि वक्तव्य राखेका थिए। यस च्याऊ खेती विषयमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले पत्रकारहरूसित कुराकानी आफु हर्टिकल्चर विभागको एमओडी सभासद भएको नाताले पनि जीटीए चिफ् अनित थापाको सहयोगमा अाज च्याऊ खेती विषयमा प्रशिक्षण शिविर सम्पन्न भएको जानकारी गराएका छन्। उनले हर्टिकल्चर विभागको तर्फबाट जनसाधारणलाई सहुलियतहरू र सहायता प्रदान गर्दै स्वनिभर गराउन नै यस्तो प्रशिक्षण शिविर आयोजना गरिएको बताउँदै अनित थापाले भनेको ‘गाउँ-घरमा छ पौरखी हात, यसैले गर्छ पहाड़को विकास’ भने झैं हामीले विभागको तर्फबाट च्याऊ खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको बताएका छन्। एमओडी सभासद प्रणाम रसाइलीले हामी विभागको तर्फबाट सहुलियतहरू र सहयोग गर्दै आगामी दिनमा पनि विभिन्न विषयहरूमा यस्ता ट्रेनिङहरू गराउने जानकारी गराउँदै अब च्याऊबाहेक पनि विभिन्न विषयहरूमा स्वनिर्भर बनाउन खरसाङ खण्ड अन्तर्गत पर्ने सबै १४ वटा ग्राम पञ्चायतहरूमा नै यस्तो प्रकारका ट्रेनिङहरू गराउने जानकारी गराएका छन्।

उनले अझ बताए अनुसार आगामी २२ दिसम्बरको दिन भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोनको पहलमा हर्टिकल्चर विभागको आयोजनामा खरसाङको वार्ड नम्बर एकदेखि २० नम्बर वार्डसम्मका सबैलाई लिएर छतमा फूल खेती लगायत साग सब्जीहरू कसरी रोप्ने विषयमा ट्रेनिङ गरिने भएको बताएका छन्। उनले आगामी दिनमा सोनादा क्षेत्रका मा मानिसहरूलाई लिएर फूल खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गर्ने पनि बताएका छन्। उनले आजको च्याऊ खेती प्रशिक्षणमा ६०-७० जनाले सहभागिता जनाएको पनि जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *