अलिपुरद्वार जिल्ला शासकको करकमलबाट उद्घाटन भयो आई लभ जयगाउँ

2901219b-369c-43fa-ba28-f65e9869fa0d


कालचिनी: भारत भोटाङ सीमान्त सहर जयगाउँको गैरीगाउँ भ्यू प्वाइन्टमा आजबाट आई लभ जयगाउँको स्मारक वेदी सबैको निम्ति खोलियो| गत ६ महीना अघिदेखि निर्माण गर्दै आइरहेको आई लभ जयगाउँको स्मारक वेदी गत सेप्टेम्बर महीनामा भोटाङ गेट खोल्ने दिनसँगै खोलिने निश्चित भएको थियो तर केही कारणवश सो दिन यसको उद्घाटन गर्न नसकिएता पनि शुक्रबार अपरान्ह समय अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीणा र जयगाउँ विकास प्राधिकरण अर्थात जेडीएको चेयरम्यान गङ्गाप्रसाद शर्माको करकमलबाट उद्घाटन गरिएको थियो|
उक्त अवसरमा जिल्ला शासक र जेडीए चेयरम्यान लगायत जेडीएका एईओ भूषण शेर्पा जयगाउँ एक नम्बर ग्राम पञ्चायत प्रधान कमल पाखरीन, जेडीए सदस्य बिरेन्द्र बारा उरॉंव, कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, समितिका बन औ भूमि कर्माध्याक्ष रोशन उरॉंव, महिला समाजसेवी रिना साह, जयगाउँ व्यावसायी समितिको प्रतिनिधिहरू आरएस गुप्ता, नवीन शर्मा, मनोज गठानी एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो|


आजदेखि आई लभ जयगाउँ सर्वसाधारणको निम्ति खुल्ला गरीएको बताउँदै पर्यटन विकासमा यसले सकरात्मक भुमिका निर्वाह गर्ने जिल्ला शा्सक सुरेन्द्रकुमार मीणाले जनाएका छन्| यस भेगमा अझै होमस्टेको परिकल्पना रहेको र जेडीएले पहल गरे यसलाई अझै विस्तारित गर्ने र यहॉंका स्थानीय केटाकेटीहरूलाई टूरिस्ट गाइडको प्रशिक्षणको निम्ति पनि पहल गर्ने र अन्तर्राष्ट्रिय सीमा रहेकोले जयगाउँ सहरको आफ्नै महत्व रहेको र यसलाई अझै आधारभूत रुपमा विकास गर्न धेरै प्रयास मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले भइरहेको यहॉंको झोड़ा नाला निकासीको कामहरू गर्दै लैजाने अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले बताए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement