भारतले चट्टोग्राममा जारी पहिलो क्रिकेट टेस्ट म्याचमा आयोजक बंग्लादेशलाई जीतको निम्ति ५१३ रन बनाउने कठिन लक्ष्य दियो। जवाफमा बंग्लादेशले तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा कुनै विकेट नगुमाइ ४२ रन बनाएको थियो। आज तेस्रो दिनको खेलमा चेतेश्वर पुजारा र शुभमन गिलको शतक मुख्य आकर्षण रह्यो। यसैकारण भारतले २ विकेटमा २५८ रन बनाएर दोस्रो ईनिंग्स घोषित गऱ्यो। भारतको तर्फबाट आज दुवै शतक खास रह्यो। पुजाराले लगभग चार साल (४७ महिना) पछि टेस्ट क्रिकेटमा आफ्नो पहिलो शतक बनाए। यसअघि उनले अन्तिमपल्ट अष्ट्रेलिया विरुद्ध सिडनी (२०१९)-मा शतक बनाएका थिए। पुजाराले आज आक्रामक मिजासमा ब्याटिंग गरे १३० बल खेलेर १३ वटा चौकाको सहायताले अविजित १०२ रन बनाए। शतकको गोरेटोमा उनले आफ्नो अन्तिम ५० रन त केवल ३७ रनमा बनाए।
यसरी नै ओपनरको भूमिकामा ओर्लिने गिलले १५२ बलमा १० वटा चौका र ३ वटा छक्काको सहायताले ११० रन बनाए। यो उनको टेस्ट क्रिकेटमा पहिलो शतक हो। यसबाहेक उनी २०२२-मा टेस्ट शतक लगाउने पहिलो भारतीय पनि बने। २६ दिसम्बर २०२०-मा अष्ट्रेलिया विरुद्ध पदार्पण गरेपछि पहिलो शतक हासिल गर्न उनलाई ३ सालको समय लाग्यो।