रुसद्वारा युक्रेनमा भीषण मिसाइल आक्रमण

Ukraine-2-1

कीभ: महिनौंदेखि रुससँग युद्ध लडिरहेको युक्रेनमा फेरि बमबारी शुरु भएको छ। यसपटक अलआउट मुडमा देखिएको रुसले तीव्र गतिमा मिसाइल हमला गरेर पुरै युक्रेनमा आतंक मच्चाएको छ। रुसले ब्ल्याक सीबाट युक्रेनमा कम्तीमा ६० क्रुज मिसाइल प्रहार गरेको र अहिले युक्रेनमा चारैतिर विस्फोटको आवाज सुनिएको बताइएको छ। यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने, रूसले युक्रेनमा नयाँ मिसाइलहरू प्रयोग गर्न थालेको छ र त्यही कारणले गर्दा युक्रेनले लगातार हवाई आक्रमणको अलार्म बजिरहेको छ। यसपटक रुसले युक्रेनका तीन ठूला सहरलाई निशाना बनाएको अनुमान गरिएको छ। रुसको मिसाइल आक्रमणले पुरै युक्रेनलाई हल्लाएको छ।

मिडिया रिपोर्टका अनुसार रुसी आक्रमणले खार्किभको पूर्वाधारलाई निशाना बनाएको छ। यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार युक्रेनी अधिकारीहरूले कम्तीमा ३ शहरमा विष्फोट भएको जानकारी दिएका छन्। युक्रेनी अधिकारीहरूले रुसले ठूलो मिसाइल आक्रमण गरेको बताएका छन्। यसअघि युक्रेनमा हवाई आक्रमणको साइरन बजाइएको थियो र मानिसहरूलाई घरमै बस्न अपील गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement