बाबुरहाट बजारमा अचानक गोलीकाण्ड

IMG_20221216_144038.jpg

दुई घाइते, तीन पक्राउ

कुचबिहार। कुचबिहारको बाबुरहाट क्षेत्रमा अचानक भएको गोलीकाण्डले आतङ्क मच्चाएको छ। घटनामा घाइते भएका दुईजनाको कुचबिहारको महाराजा जितेन्द्र नारायण मेडिकल कलेज र अस्पतालमा उपचार भइरहेको छ। स्थानीय श्रोतअनुसार सम्राट आचार्य उर्फ बन्टी नामका युवक रक्सी खाएर बाबुरहाट बजारमा आएर अचानक गोली चलाउन थाले। गोली लागेर दुई स्थानीय व्यापारी मन्तोष सिंह र विमल कर्माकर घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। घाइते अवस्थामा उनलाई तत्कालै अस्पताल लगिएको थियो जहाँ उनको उपचार भइरहेको छ। खबर पाएलगत्तै कुचबिहार कोतवाली थानाको ठूलो प्रहरी घटनास्थल पुग्यो। कुचबिहार कोतवाली थानाको पुलिसले बिहीबार राति मुख्य अभियुक्त सहित तीनजनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई थान पिस्तोल र केही गोली बरामद भएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement