सिलगढी: पश्चिम बंगाल पशु संसाधन विभागद्वारा सिलगढी नजिकैको सुकना चिया बगैँचा अस्पताल मैदानमा जनावरहरूको लागि चिकित्सा शिविरको आयोजना गरिएको छ। जहाँ पशुलाई अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराइएको थियो। यसका साथै विद्यालयका युवा विद्यार्थीहरूबीच जनावर सम्बन्धी प्रश्नोत्तर प्रतियोगिता आयोजना गरी विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा आदिवासी जनजाति कलाकारहरूले मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।