नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १६२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७५,६०९ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कसैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६६३ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २३८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४१,२५५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३,६९१ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२३,०८७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९०,८८,८२,३३६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५६,८८२ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,९९,३९,६३५ जनाले यो खोप लगाइसकेको छन्।










