नर्थ बेङ्गल ग्वाला समाज संगठनद्वारा स्कूलमा सचेतना साथै वृक्षारोपण

IMG-20220605-WA0128.jpg

कालचिनी। नर्थ बेङ्गल ग्वाला समाज संगठनको आयोजनामा आज विश्व पर्यावरण दिवस पालन गर्ने क्रममा मेचपाड़ास्थित स्व. एलएम प्रधान मेमोरियल एमएसके स्कूलमा पर्यावरणमाथि एउटा सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी नर्थ बेङ्गल ग्वाला समाज संगठनको सचिव समित नागले दिएका छन्।
आज उक्त अवसरमा मुख्य ‌अतिथिको रुपमा चुवापाड़ा ग्राम पञ्चायतका प्रधान भगवती उराँव लगायत मेचपाड़ाका समाजसेवी महिपाल सुब्बा, एलएम प्रधान मेमोरियल एमएसके स्कूलका प्रधान शिक्षक किरण गुरुङ, सहशिक्षक शैलेन्द्रसिंह नाग, स्काउट मास्टर बिजय ग्वाला, एवम् अन्यान्यको उपस्थिति रहेको थियो। रुखपातको महत्व र परिवेश संरक्षणमाथि उपस्थित अतिथिहरुले वक्तव्य राखेपछि संगठनको पक्षबाट अतिथिहरूको बाहुलीबाट वृक्षारोपण कार्य सम्पन्न गरेको थियो।
संगठनको सचिव समित नागले यस अघि पनि संगठनले धेरै कार्यहरू गर्दै आइरहेको र आज एमएसके स्कूल वरिपरि छाँयादार उपयोगी बिरुवा रोपण गर्दै सबैलाई रुखपात नमास्ने तर यसलाई लगाउने सन्देश दिने उद्देश्यले यो कार्य गरिएको थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement