गान्तोक: राष्ट्रिय सेवा योजना (एनएसएस) अन्तर्गत सप्ताहव्यापी शिविर पेलिङ उच्चतर माध्यमिक विद्यालयको आयोजनमा आजदेखि आरम्भ भएको छ। स्कूलले प्रत्येक वर्ष झैं यस वर्ष पनि शैक्षणिक सत्रको शुरूदेखि खेलकुद, सांस्कृतिक, साहित्यिक लगायत स्वयं सेवक आदि आयोजन गर्नेछ। सप्ताहव्यापी शिविरको प्रारम्भमा पेलिङ उच्चतर माध्यमिक स्कूलका प्राचार्य वाईएन राणा, सिड्याङ प्राथमिक स्कूलका प्रधान अध्यापक निर्मल शर्मा, दुवै स्कूल का शिक्षक अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले एनएसएस-को परिचय अनि शिक्षकहरूले कार्यक्रमको उद्देश्य बारे उपस्थित मानिसहरूलाई जानकारी गराए।
आफ्नो सम्बोधनमा सिड्याङ स्कूलका प्रधान अध्यापक निर्मल शर्माले यस कार्यक्रम बाट विद्यार्थी नानीहरूलाई ठूलो प्रेरणा मिल्ने बताए। यसरी नै पेलिङ स्कूलका प्राचार्य वाईएन राणआले विद्यार्थीहरूलाई एनएसएस-को माध्यमबाट देश निर्माणमा पुग्ने सहयोग र सामिजिक अनि सांस्कृतिक क्षेत्रमा पुग्ने योगदानबारे जानकारी गराए। पेलिङ उच्चतर माध्यमिक स्कूलका हिन्दी शिक्षक राम प्रसाद शर्माले दिएको जानकारी अनुसार, यस कार्यक्रमको समापन २० दिसम्बरको दिन हुनेछ। कार्यक्रम अवधि एनएसएस कार्यक्रम अधिकारी एक शारदा प्रधान अनि कार्यक्रम अधिकारी दुई बलहाङ लिम्बूको पहलमा सिड्याङ प्राथमिक पाठशाला परिसरको सफाई अ खएल मैदानको मरम्मत आदि गरिने कार्य जारी रहने छ।










