नाम्ची: कृषि एवं प्राविधिक प्रबन्धन एजेन्सीद्वारा नाम्ची जिल्लाको सुम्बुक खण्ड अन्तर्गत रविटारमा वैज्ञानिक मौरी पालन तथा व्यवस्थापन तालिम कार्यक्रम आयोजन गरियो। आजदेखि १९ दिसम्बरसम्म सम्पन्न हुने पाँचदिने यस तालिम कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका युवाहरूलाई वैज्ञानिक ढंगमा मौरी पालन तथा व्यवस्थापनबारे ज्ञान दिनु रहेको छ।
तालिम कार्यक्रममा शोधवक्ताको रूपमा राज्यको बागवाणी विभागका मौरी पालन प्रशिक्षक सुशील चन्द्र छेत्री रहेका छन्। आजको पहिलो दिन वार्ड पञ्चायत अन्सामान सुब्बा, बीटीएम सुम्बुक रमेश दाहाल अनि रविटारका स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। पहिलो दिनको तालिम कार्यक्रममा शोधवक्ताले कृषकहरूलाई मौरीबारे प्राथमिक ज्ञान साझा गरे। यस अवधि मौरी पालनमा प्रयोग गर्ने उपकरणहरू आदिको प्रदर्शनी गरियो। योसँगै भिजुअल प्रस्तुतिमार्फत विभिन्न सूचनाहरू साझा गरियो।
जानकारी गराइन्छ, तालिम सत्र आगामी चार दिनसम्म जारी रहनेछ। यस अवधि मौरी पालनबारे कृषकहरूलाई विस्तृत रूपमा जानकारी दिइनेछ।










