अर्जुन तेन्दुलकर सेन्चुरी बारे बुबा सचिन तेन्दुलकरले यसो भने…

00-Sachin-Arjun-Tendulkar-00123

नयाँ दिल्ली: अर्जुन तेन्दुलकरले बुधबार रणजी ट्रफीको डेब्यु खेलमा शतक प्रहार गरेका छन्। गोवाका लागि खेल्दै २३ वर्षीय अर्जुनले राजस्थानविरुद्ध १२० रन बनाएका थिए। अर्जुनका पिता सचिन तेन्दुलकरले १९८८ मा रणजी डेब्यू गरेका थिए। सचिनले आफ्नो पहिलो खेलमा शतक पनि खेलेका थिए। मुम्बईका लागि मौका नपाएपछि अर्जुनले गोवाबाट खेल्ने निर्णय गरे। अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने सचिनका लागि योभन्दा खुशीको क्षण हुनै सक्दैन। छोरा अर्जुनको शतकमा सचिन तेन्दुलकरले पहिलो पटक प्रतिक्रिया दिएका छन्। क्रिकेटको इतिहासमा महान् ब्याट्सम्यानमा गनिने सचिन तेन्दुलकरले आफ्नो बाबुसँग जोडिएको एउटा किस्सा सुनाउँदै एक कार्यक्रममा भने, ‘यो प्रश्न सोध्नु राम्रो भयो। मलाई मेरो बाबुले कसैलाई भनेको सुनेको याद छ, मैले भारतबाट खेल्न थालेपछि कसैले उनलाई ‘सचिनको बुबा’ भन्यो। थप कुरा गर्दै सचिनले भने, ‘उनले यो सुने र त्यसपछि मेरो बुवाको साथीले सोधे ‘तिमीलाई कस्तो लाग्छ? यो मेरो जीवनको सबैभन्दा गौरवको क्षण हो। हरेक बाबु आफ्ना सन्तानको कामबाट चिनिन चाहन्छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement