गान्तोक: रिम्बी-योक्सम मार्ग पश्चिम सिक्किमको गेजिङ थाना क्षेत्रमा बुधवार भएको सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। जानकारी अनुसार, रिम्बी-योक्सम मार्ग अन्तर्गत १३ माइल, थिङलिङ छेउ एउटा वाहन सड़कदेखि लगभग १४०० फुट तल झर्यो। टाशी नामग्याल भोटियाले चलाइरहेका वाहन जसमा उनी एक्लै थिए, जो दुर्घटनाग्रस्त भएको थियो। स्थानीय गाउँहरूले चालकलाई घाइते अवस्थामा तत्काल गेजिङ जिल्ला अस्पताल पुऱ्याए, जहाँ उनको मृत घोषित गरियो। ३० वर्षीक भोटिया योक्सम निवासी थिए।










