गान्तोक: रानीपुलस्थित सरस्वती विद्या निकेतन विद्या भारती सिक्किमद्वारा सञ्चालित एक बैठक बुधवार विद्यालयमा समपन्न भएको थियो। यस बैठकमा विद्या भारती सिक्किमका महासचिव विजय कुमार शर्मा, संयोजक मोहन शर्मा, एसएमसी पदाधिकारी र विद्यालयका कर्मचारीहरूको उपस्थित रहेको थियो। बैठकमा विद्यालयको सञ्चालन, कक्षाहरूको उन्नयन, लेखा, शैक्षिक एवं प्रशासनिक जिम्मेवारी, प्रवेश योजना, एसएमसी पुनर्गठन आदि जस्ता विषयहरूमाथि चर्चा-परिचर्चा गरियो। यसै गरी, बुधवार आहोस्थित सरस्वती शिशु विद्यालयमा वार्षिक शिक्षक-अभिभावक बैठक सम्पन्न भयो। वार्ड पञ्चायत बिन्दु कुमारी ओझाको अध्यक्षतामा बसेको बैठकमा विद्या भारती सिक्किमका महासचिव विजय कुमार शर्मा, संयोजक मोहन शर्मा, एसएमसी र कर्मचारीहरू उपस्थित थिए। बैठकमा एसएमसी पुनर्गठनसहित विभिन्न विषयहरूमाथि चर्चा-परिचर्चा गरियो। शैक्षिक सत्र २०२३ का लागि अभिभावकहरूले सुझाउहरू राखे। बैठकमा अन्तमा विद्यार्थीहरूको वार्षिक रिपोर्ट वितरण गरियो।









