जीटीए प्रमुख कागे लिङ्से समष्टिको दुई दिने भ्रमणमा

SAVE_20221215_213337.jpg

“अरूलाई दोष देखाएर काम गर्ने मेरो काम गर्ने फर्मुला नै होइन”: अनित थापा

कालेबुङ: जीटीए प्रमुख कार्यपाल अनित थापा कालेबुङ जिल्लाको दुई दिने भ्रमणमा निस्केका छन्। यसावधि अनित थापालाई स्वागत गर्न क्षेत्रका जनता फूल माला अनि खादा लिएर उभिएको देखियो।
साँझपख लिङ्से पुगेका अनित थापाले लिङसे उच्चतर माध्यमिक विद्यालय परिसरमा आयोजित सभालाई पनि सम्बोधन गरे। सम्बोधनमा उनले भने, “यो क्षेत्र जमीनको धनी छ तर विकासदेखि धेरै वञ्चित छ। अब हामीले यो क्षेत्रमा परिवर्तन ल्याउने योजनाहरू तयार गरेका छौं। समष्टीको विकास गर्नु हो भने एउटै धुरीमा बसेर काम गर्नुपर्छ।”

थापाले आफ्नो भ्रमण क्रममा लाभा बजार हुँदै कोलबुङ प्राथमिक पाठशाला, कोलाखाम अनि लिबोङ्गको मानिसहरूसंग भेटघाट गर्दै पर्यटन स्थल छाङ्गे फल्सको पनि परिभ्रमण गरेका छन्। उनको भ्रमण टोलीमा कालेबुङका विधायक रुदेन सादा लेप्चा, भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष सीबी गुरुङ, भागोप्रमो ३८ नम्बर समष्टि अध्यक्ष एवंम सभासद कुमार शर्मा, ४० नम्बर समष्टि सभासद कमल सुब्बा पनि उपस्थित रहेका थिए।

About Author

Advertisement