कालचिनी- अहिले राज्यभरी नै प्रधानमन्त्री आवास योजना अर्थात पीएमवाई घर आवन्टन लिएर रड़ाको मच्चिरहेको बेला राज्यका विरोधी दल भाजपाले यसको सुयोग उठाउन कुनै कसर छोड़ेको छैन| अलिपुरद्वार जिल्लाको प्रत्येक खण्डमा नै पीएमवाई सुचीमा उठेका नामहरूको सर्वेक्षणमा स्वयम् अलिपुरद्वार जिल्ला शासक लगायत कालचिनी बीडीओ प्रशासन एवम् खटाईएको पुलिस प्रशासन साथै आईसीडीएस र आशा स्वास्थ्य कर्मीहरूले गरिरहेको सर्भेमा चियाकमान र बनबस्ती क्षेत्रका गरीब परिवारहरूको नाम पनि सूचीबाट काटेको र पक्का अनि ठूला घरहरू भएकाहरूको नाम सूचीमा रहेको विरोध गर्दै बिहीबार भाजपा ८ नम्बर मण्डल तथा भाजपा कालचिनी विधानसभा कमिटीको आह्वानमा एउटा प्रतिवाद र्यालीको आयोजना गरियो| कालचिनी राङ्गामाटी रोड स्थित भाजपा ८ नम्बर मण्डल कार्यालय परिसरबाट निकालिएको सो र्यालीले कालचिनी चौपति हुँदै कालचिनी बीडीओ कार्यालय परिसरमा पुगेपछि प्रतिवाद सभाको आयोजना गरेको थियो भने कालचिनी बीडीओ प्रशासन लगायत सरकारी कर्मचारीहरूले दलदास भएर कार्य गरिरहेको आरोप भाजपा नेताहरूले लगाएको थियो| प्रतिवाद सभा चलिरहेको क्रममा भाजपा नेतृत्वहरू कालचिनी बीडीओ समक्ष ज्ञापन चढ़ाउन जॉंदा कार्यालयमा बीडीओ लगायत ज्वाइन्ट बीडीओ अनुपस्थित रहेको र अन्य सरकारी प्रतिनिधि समक्ष विगत २०१८ सालमा गरीएको पीएमवाई सुची माग्दा उपलब्ध नगराउँदा भाजपा नेताहरू बम्किएको थियो|
सो सम्बन्धमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्र र भाजपा नेता रतन ब्यानर्जीले तीन दिन अघि नै कालचिनी बीडीओ समक्ष ज्ञापन चढ़ाउन आउने पूर्व सूचना दिएको तर आज ज्ञापनमा आउँदा बीडीओ नै अनुपस्थित रहेको र बीडीओले सत्तारूढ़ दलको पक्षमा काम गरेको र पीएमवाईको २०१८ सालमा तयार पारिएको सूची माग्दा नदिएको आरोप लगाएका छन्| पीएमवाई सूचीमा रहेको लाभार्थीहरूको सर्भे गर्न तृणमूल नेताहरूको इसारामा भाजपा एवम् अन्य विरोधी दल गर्नेहरूको नाम सूचीबाट काटेको आरोप पनि भाजपा नेताहरूले लगाएका छन्| भाजपा नेताहरूले २०१८ मा तयार पीएमवाई सूचीमा रहेको गरीब परिवारहरूको नाम किन काटियो र छुटेका आवश्यकमन्द परिवारको नाम पुनः अन्तर्भुक्त गरीयोस एवम् अन्यान्य पिउने पानीको प्रकल्प र विकलाङ्गहरूलाई दिइने जीआर चालू होस भनेर ज्ञापन दिन आउँदा बीडीओ कार्यालयबाट बीडीओ गायब हुने र २०१८ को सूची माग्दा नदिने के कारण हो भन्दै यदि यस्तै हो भने आगामी दिन भाजपाले वृहत आन्दोलन गर्ने चेताउनी समेत दिएको छ| भाजपाद्वारा आयोजित उक्त र्यालीको नेतृत्वमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा कालचिनी विधानसभा संयोजक आलोक मित्र, भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा, ९ नम्बर मण्डल सभापति रुद्र मण्डल, भाजपा एसटी मोर्चा नेताहरू राजेश बारला,तोफिल सोरेङ, धर्मपाल केरकेट्टा, महिला मोर्चा नेतृ कविता केरकेट्टा युवा मोर्चा नेतृत्वहरू रहेको थियो भने र्यालीमा भाजपा ८ र ९ मण्डल कमिटीको भाजपा समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो|









