लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः सुन्तले एफसी क्वार्टर फाइनलमा

IMG_20221215_204058.jpg

राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सुन्तले एफसी-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा बिहीवार भएको प्री-क्वार्टर फाइनल म्याचमा सुन्तले एफसी-ले मामरिंग एफसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट साइमन लेप्चाले २ अनि योगेश शेर्पाले १ गोल गरे। यसरी नै मामरिंग एफसी-बाट के. खवासले २ गोल गरे। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement