ओडिशाका राज्यपाल र सिक्किमका राज्यपालको शिष्टाचार भेट

IMG_20221215_203221.jpg

गान्तोक: राज्यका राज्यपाल गंगा प्रसादले हिजो उडिसाका राज्यपाल गणेश लालसँग राजभवनमा भेट गरे। उल्लेखनीय छ, उडिसाका राज्यपाल भारतीय विश्वविद्याल संघद्वारा आयोजित उत्तरपूर्वी राज्यका उपकूलपतिहरूको २० सम्मेलनमा मुख्य अतिथिकोरूपमा सहभागी बन्न सिक्किम आएका हुन्। उनी १३-१४ दिसम्बरसम्म रानीपुलस्थित एक होटलमा आयोजित दुई दिवसीय सम्मेलनको समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। भेटको क्रममा राज्यपाल गंगा प्रसादले राज्यको विकासमुलक कार्यबारे चर्चा परिचर्चा गरे। राज्यपाल गंगा प्रसादले उडिसामा पनि धेरै विकास होस् भन्ने कामना गरे।

About Author

Advertisement