बीएसएफको गोली लागेर तस्करको मृत्यु

IMG_20221215_184450.jpg

कुचबिहार: भारत–बङ्गलादेश सीमामा बीएसएफको गोली लागेर फेरि तस्करको मृत्यु भएको छ। भारत–बङ्गलादेश सीमा माथाभाङ्गा १ ब्लकको बैरागिरहाट क्षेत्रमा बीएसएफले मुठभेडका क्रममा एक तस्करलाई मारेको छ। प्रहरी स्रोतअनुसार गए राति बैरागिरहाटको चोङ्गरखाटा खगरीबाडी नाकामा तस्करहरूको समूह भेला भएको थियो। यी मानिसहरूले सीमामा तैनाथ बीएसएफमाथि आक्रमण गरे, जवाफमा बीएसएफ जवानहरूले तस्करहरूलाई गोली हाने जसमा एक तस्करको मृत्यु भयो। प्रहरी स्रोतअनुसार तस्करको साथबाट एउटा मोबाइल फोन र दुईवटा बङ्गलादेशी सिमकार्ड बरामद भएको छ। माथाभाङ्गाका अतिरिक्त प्रहरी उपरीक्षक अमित वर्माअनुसार आज बिहान भारत–बङ्गलादेश सीमाको बैरागिर हाट क्षेत्रमा केही तस्करहरू जम्मा भएर बङ्गलादेशतर्फबाट भारत प्रवेश गर्न खोजिरहेका थिए। त्यसपछि तस्करहरूले बीएसएफ जवानहरूलाई आक्रमण गर्ने प्रयास गरे। बीएसएफले तीन राउण्ड फायर गरेको थियो। यस घटनामा एक तस्करको मृत्यु भएको छ । बिहीबार बिहान शव बरामद गरी पोस्टमार्टमका लागि पठाइएको थियो। मृतकको साथबाट एउटा मोबाइल फोन र दुईवटा बङ्गलादेशी सिमकार्ड बरामद भएको छ। सुरुमा उनी बङ्गलादेशका बासिन्दा भएको खुलेको भएपनि मृतकको पूर्ण पहिचान खुल्न सकेको छैन। प्रहरीले सबै घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement