सिलगढी: सिलगढीमा बहुमंजिला भवनको पेन्टिङ गर्ने क्रममा झुन्डिएको संरचना भत्किँदा एक मजदुरको मृत्यु भएको छ। घटनामा अन्य तीनजना मजदुर घाइते भएका छन्। घटना बिहीबार दिउँसोको हो। घटना सिलगढी नगरपालिकाको वार्ड नम्बर ४० को प्रणामी मन्दिर रोड क्षेत्रमा भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ सिलगढी पुलिस आयुक्तालयको भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुग्यो। घटना बिहीबार दिउँसोको हो। घटना सिलगढी नगरपालिकाको वार्ड नम्बर ४० को प्रणामी मन्दिर रोड क्षेत्रमा भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ सिलगढी पुलिस आयुक्तालयको भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुग्यो। मृतक र घाइतेहरूलाई उद्धार गरी सिलगढी जिल्ला अस्पतालमा लगिएको छ। प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ। घटनाको खबर पाउनासाथ सिलगढी नगरपालिकाको वार्ड नम्बर ४० का वार्ड काउन्सिलर राजेश प्रसाद घटनास्थल पुगेका थिए।











