मेयरको आश्वासन

IMG_20221215_134556.jpg

सिलगढी: सिलगढी नजिकैको डबग्राम फुलबारी विधानसभा क्षेत्रको साहुडाङ्गी अधिकारपल्ली क्षेत्रका बासिन्दालाई निकालेर एक निजी कम्पनीले त्यहाँ कारखाना बनाउन खोजेको छ। यसबारे गुनासो पाएपछि सिलगढीका मेयर गौतम देव बिहीबार उक्त क्षेत्रमा पुगेका थिए। तिनले आफ्नो जीवनकालमा त्यहाँ कुनै पनि अवैध कारखाना निर्माण हुन नसक्ने स्थानीयवासीलाई आश्वासन दिए। तिनको आश्वासनपछि स्थानीयले राहतको सास फेरे।
साहुडाङ्गीको अधिकारपल्ली क्षेत्रमा निजी कम्पनीले कारखाना निर्माण गरिरहेको छ। जसका कारण त्यहाँका बासिन्दाहरू त्यहाँबाट विस्थापित भइरहेका छन्। त्यहाँबाट बग्ने साहु नदीको बाटो पनि डाइभर्ट गरिएको आरोप छ। जुन अवैध हो। मेयर गौतम देवलगायतका नेताहरू अगाडि देखेपछि स्थानीयले गुनासो गरेका थिए। पछिल्लो समय सोही विषयलाई लिएर भाजपाको समर्थनमा स्थानीयले सडक अवरुद्ध समेत गरेका थिए। गुनासो आएपछि मेयर क्षेत्र निरीक्षण गर्न गएका थिए। उक्त क्षेत्रमा जम्मा ४६ परिवार रहेको मेयरले बताए। उनीहरूलाई धम्की दिएर र कसैलाई प्रलोभन दिएर त्यहाँबाट निकालिएको हो। हाल त्यहाँ ८ परिवार बस्दै आएका छन्। नदीको बाटो पनि अवैध रूपमा डाइभर्ट भइरहेको तिनले बताए। यो गैरकानुनी कार्य कदापि सहने छैन। यस सम्बन्धमा कम्पनीले कानूनी कागजात नबुझाएसम्म काम रोकिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement