नेताजी जातीय युवा संघको आयोजनमा आउँदो २५ दिसम्बरमा फर्स्ट क्रिस्मस कप मिनी पोस्ट च्यालेञ्जर ट्रफी ५ ए साइड ओपन डे-नाइट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। नेताजी नगर कोलोनी, चम्पासरी, सिलगढ़ी नजिक हिन्दी ट्राइबल हाई स्कूल मैदानमा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रोथिका देवनाथ स्मृति विनर्स ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई राधिका छेत्री दास स्मृति रनरअप् ट्रफीको साथमा १६ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा भजन दत्त स्मृति फेयर प्ले ट्रफी अनि एकाधिक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति २० दिसम्बर रहेको छ। यस अवसरमा निःशुल्क नेताजी फूटबल एकाडमीको पनि शुभारम्भ गरिनेछ।









