फीफा वर्ल्ड कपः मोरक्कोलाई पराजित गरी फ्रान्स लगातार दोस्रोपल्ट फाइनलमा

IMG-20221215-WA0111.jpg

शक्तिशाली फ्रान्सले लड़ाकू मोरक्कोको सपना चकनाचुर पार्दै लगातार दोस्रोपल्ट फीफा वर्ल्ड कपको फाइनलमा स्थान बनायो । फ्रान्सले अब आइतवार खेलिने फाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहने अर्जेन्टिनाको चुनौती स्वीकार्नेछ। मोरक्कोले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि फ्रान्स विरुद्ध दोस्रो सेमिफाइनलमा टीमको दह्रिलो पर्खाल भत्कियो। बुधवार अबेर राति खेलिएको म्याचमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई २-०-ले पराजित गऱ्यो । यस हारको साथै मोरक्कोको फाइनल खेल्ने सपना अधुरै रह्यो। मोरक्कोले अब शनिवार खेलिने तेस्रो स्थानको म्याचमा क्रोएशियाको सामना गर्नेछ।

यस जीतको साथै फ्रान्सको टीमले फीफा वर्ल्ड कपमा ठूलो रेकर्ड पनि बनायो। फीफा वर्ल्ड कपको इतिहासमा ६० वर्षपछि गत च्याम्पियन टीम लगातार दोस्रोपल्ट फाइनल खेल्न मैदानमा ओर्लिनेछ। फ्रान्सले चार साल अघि रुसमा भएको वर्ल्ड कपमा पनि ट्रफी जितेको थियो। यसअघि १९५८ मा वर्ल्ड कप जितेर ब्राजीलले १९६२ को फाइनलमा पनि खिताब बचाएको थियो। यसरी नै मोरक्को फीफा वर्ल्ड कपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्यो । कतरमा जारी वर्ल्ड कपको फाइनलमा पुग्न नसके पनि मोरक्कोले टुर्नामेण्टभरि आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा सबैको मन जित्यो।

अल बायत स्टेडियममा मोरक्को विरुद्ध सेमिफाइनलमा फ्रान्सले शुरुदेखि नै आक्रामक फूटबल खेल्यो । म्याचमा 38 प्रतिशत बल पोजेशनको साथ खेले पनि फ्रान्सले शुरुमै बढ़त हासिल गऱ्यो। थिओ हर्नाण्डेजले पाँचौं मिनटमै फ्रान्सीसी टोलीलाई बढ़त दिलाए। त्यसपछि मोरक्कोले गोल सुलाउने सक्दो प्रयास गरे पनि मध्यान्तरसम्म स्कोर १-० नै रह्यो। दोस्रो हाफको खेलमा पनि फ्रान्सले एक गोल हासिल गऱ्यो। यसपाली टीमको निम्ति बेञ्चबाट उठेर मैदानमा प्रवेश गर्ने राण्डाल कोलो मुआनीले ७९औं मिनटमा गोल गरे।
पहिलो हाफको शुरुवातमै गोल हासिल गरे पनि दिदिएर डेसच्याम्प्सको टीमले मोरक्कोलाई कुनै मौका दिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement