टिस्टा भेल्लीमा शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्ट १ जनवरीदेखि

IMG-20221214-WA0412.jpg

युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करण १ जनवरीदेखि आयोजन गरिनेछ। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। १ जनवरीको दिन खेलिने उद्घाटन म्याचमा दार्जीलिङको टेरिटोरियल आर्मी (टीए) र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू डीपी साइड मैदानमा खेलिने आयोजकहरूले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement