मुख्यमन्त्रीद्वारा चासोक तोङनामको शुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासोक तोङनामको शुभ अवसरमा सिक्किमवासी लिम्बू समुदायका मानिसहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। आज जारी सन्देशमा लिम्बू समुदायको पारम्परिक चाड चासोक तोङनाममा देवी-देवताहरूलाई आफ्नो पहिलो फसल अर्पण गर्छन् भनी बताएका छन्। यसै गरी, मानवजातिको कल्याण, पर्याप्त फसल र खुशीका लागि प्रार्थना पनि गरिने उनले थप बताएका छन्। उनले सिक्किमेहरूमा साम्प्रदायिक सद्भाव, समृद्धि र प्रचुरता बढोस् भनी कामना गरेका छन्। उनले पारम्परिक चाड-पर्वहरूको महत्व बुझेर यसको संरक्षण गर्दै भावी पीढ़ीका लागि विरासतको रूपमा अगाडि बढ़ाउन आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement