कृषकहरूलाई सुँगुरको पाठा वितरण

IMG-20221214-WA0411.jpg

गान्तोक: दक्षिण जिल्लास्थित टोकल बर्मेकको कृषि विज्ञान केन्द्रमा दोस्रो चरणको सुँगुरको पाठा वितरण, अन्य सामग्री साथै वैज्ञानिक ढङग्मा सुँगुर पालन विषयमाथि सचेतना कार्यक्रम सम्पन्न भयो। इन्डियन भेटेरिनेरी रिसर्च इन्सटीट्यूट कलकत्ता र कृषि विज्ञान केन्द्रको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा जिल्ला पञ्चायत मदन कुमार बजगाँई र जिल्ल पञ्चायत सदस्य सन्की भोटिया लगायत अन्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ वैज्ञानिक र केवीके दक्षिण सिक्किमका प्रमुखले कार्यक्रम र यसको उद्देश्य र उद्देश्यहरूको परिचयात्मक भाषण दिए। प्राविधिक सत्रमा डा. चेवाङ नोर्बु भोटियाले वैज्ञानिक तरिकाले सुँगुर पालन र व्यवस्थापन बारे सचेतना र व्याख्यान दिए। उनले कृषकहरुमाझ सुँगुर छनोट गर्ने प्रक्रियामा समेत प्रकाश पारे। प्रमुख वैज्ञानिक डा. पीके नन्दले कार्यक्रमहरूको योजनाहरूको बारेमा जानकारी गराउँदै दक्षिण सिक्किमलाई विगतका कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरेकोमा कृतज्ञता व्यक्त गर्दै निकट भविष्यमा थप कार्यक्रमहरू सञ्चालन गर्ने आश्वासन दिए। कोलकाताका वरिष्ठ वैज्ञानिक समीरन बन्द्योपाध्यायले सुँगुरको आहार व्यवस्थापन र सुँगुरको मासुको मूल्य अभिवृद्धिको दायरामा जोड दिए। डा. सुमन क्षेत्रीले सिक्किम सरकारको विभाग, खोप कार्यक्रम, सुँगुरको नस्ल, बीमा योजनाहरू आदि अन्तर्गत विभिन्न योजनाहरूमा प्रकाश पारे। कार्यक्रममा ७५ वटा सुँगुर पाठा सहित अन्य कूल ३७ प्रगतिशील किसान लाभान्वित भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement