गान्तोक: राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राङगाङ याङगाङ समष्टि समितिको पहलमा आगामी २१ दिसम्बरको दिन आयोजन हुने १४औं रोलू दिवसको तयारीलाई लिएर आज एक समन्वय बैठक सम्पन्न भयो। नेया माङजिङ ग्राम पञ्चायतमा सम्पन्न आजको बैठकमा नाम्ची जिल्ला अन्तर्गत मल्ली समष्टिको रोलूमा सम्पन्न हुने १४औं रोलू दिवस सम्बन्धी विविध विषयमा छलफल गरियो।आजको बैठकमा १४औँ रोलु दिवसको तयारीका लागि पार्टीका पदाधिकारीहरूलाई विभिन्न कार्यको जिम्मेवारी हस्तान्तरण गरियो। उक्त कार्यक्रममा व्यवस्थित ढंगमा समन्वय बनाइराख्न साथै सहजताको निम्ति विभिन्न समितिहरू गठन गरियो। आजको बैठकमा हालै पञ्चायत चुनाउमा निर्वाचित सबै पञ्चायत, जिला पञ्चायतहरूलाई सीएलसी कार्यकारी समितिद्वारा औपचारिक रूपमा अभिवादन गरियो। आजको बैठकमा एसकेएम उपाध्यक्ष राजकुमार बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, सीएलसी अध्यक्ष तेङग्याला नाम्का, सीएलसी उपाध्यक्ष, महासचिव, युवा, नारीशक्तिका प्रतिनिधिहरू लगायत अन्य पदाधिकारीगणको उपस्थिति रहेको थियो।