गान्तोक: मल्ली पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी चालिसे निवासी सुरज राई हुन्। आरोपी राईले नशालु पदार्थ लिएर आइरहेको पुलिसलाई विश्वासनीय सुत्रले सूचना दिएको थियो। सोही सूचनाको आधारम मल्ली चेक पोस्टमा जाँच गर्दा आरोपीबाट १४१ वटा विन्डलास विन्सपास्मो फोर्ट क्याप्सुल फेला परेपछि पक्राउ गरेको हो। पुलिसले मल्ली थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत आरोपी राई विरूद्ध मुद्दा दर्ता गर्दै केरकार गरिरहेकोछ। सोही प्रकारले सिङताम पुलिसले नशालु पदार्थ सहित ट्रक चालक र उनका सहयोगी मनोज सुब्बालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी चालक कालेबुङ बमबस्ती निवासी रबिन तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। अर्को आरोपी रानीपुल निवासी रहेको पुलिसले बताएको छ। आरोपीबाट पुलिसले ३९ बोतल कफसिरफ फेला पारेको छ।