दुष्कर्मी मिजोरमबाट पक्राउ

IMG_20221214_221251.jpg

नाम्ची: दुष्कर्म गरेर भागेका एक आरोपिलाई नाम्ची पुलिसले लगभग चार महिनापछि पक्राउ गरेको छ। आरोपित व्यक्तिलाई मिजोरमबाट पक्राउ गरिएको छ।पुलिसले पक्राउ गरेको आरोपित व्यक्तिको नाम चतुर्भुज राजपूत हो। २६ वर्षीय आरोपित मध्य प्रदेशको ग्राम मुंगेली, तेह-गोटेगाउॅं मेख, नरसिंहपुर निवासी हुन्। नाम्चीका पुलिस अधीक्षकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, आरोपित चतुर्भुज राजपूत विरूद्ध नाम्ची पुलिस थानामा १३ अगस्त, २०२२ मा पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता भएको थियो। तर, त्यस समयदेखि नै आरोपित फरार थिए। नाम्ची थानाकी एसएचओ दावा ल्हमु पाख्रीनले आरोपित व्यक्तिलाई पक्राउ गर्न निकै प्रयास गरिन्। आरोपित व्यक्ति लुकेर भाग्दै हिडे। आरोपित व्यक्तिलाई लगातार प्राविधिक निगरानीमा राखिएको थियो।अन्ततः आरोपित व्यक्ति मिजोरममा रहेको थाहा लाग्यो। पीआई दावा ल्हमु पाख्रीनको अगुवाईमा एएसआई सीके प्रधान र एचसी नारायण राणाको टोली मिजोरम प्रस्थान भए। गहन प्रयासपछि आरोपित व्यक्तिलाई मिजोरमको राजधानी आइजलस्थित स्थानीय एउटा ठाउॅंबाट पक्राउ गरियो। सम्पूर्ण अपरेशन नाम्चीका पुलिस अधीक्षक मनिस कुमार वर्मा, आईपीएस र एएसपी अंकुर अंकेश, आईपीएसको देखरेखमा सम्पन्न गरिएको थियो। आरोपित व्यक्तिलाई पक्राउ गर्न नाम्ची पुलिसको जिल्ला साइबर सेलले सहयोग प्रदान गरेको थियो। पुलिस अधीक्षक वर्माले आरोपितलाई पक्राउ गर्न सफल बनेकोमा पीआई दावा ल्हमु पाख्रीनको अगुवाईमा गएको टोलीलाई बधाई दिएका छन्। यसै गरी, उनले डीजीपी ए. सुधाकर राव, आईपीएसलाई पनि आवश्यक सहायता प्रदान गरेकोमा धन्यवाद दिएका छन्। उनले नाम्ची पुलिस बाल यौन दुर्व्यवहार विरूद्ध लड्न तत्पर रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement