राज्यपालद्वारा सिक्किमवासीलाई चासोङ तोङनामको शुभकामना व्यक्त

photocollage_20228723517446.jpg

गान्तोक: चासोक तोङनामको अवसरमा सिक्किमका राज्यपाल गंगा प्रसादले सिक्किमवासीहरू, विशेष गरि लिम्बू समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘लिम्बू समुदायद्वारा हरेक वर्ष मार्गशीष महिनामा चासोक तोङनाम चाड मनाउने गरिन्छ। चाड मनाउने क्रममा पहिलो फसल युमा माङ तथा पुर्खाहरू/देउताहरूमा धन्यवाद स्वरूप अर्पण गरिन्छ। यस अवसरमा मानवजातिको कल्याण, सुख-समृद्धि र राम्रो फसलको निम्ति प्रार्थना गरिन्छ। राज्यपालले प्रकृति आमासॅंग सिक्किमका मानिसहरूको जीवनमा सुख-समृद्धि, शान्ति र उत्तम स्वास्थ्यको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement