सत्तारूढ़ एसकेएम पार्टीद्वारा प्राथमिकी दर्ता

cc630c65-1edc-4105-8eb6-cbaf2e90a042

गान्तोक– ‘जुट्यो सिक्किम बढ्यो सिक्किम’ नामक फेसबुक अकाउण्टका अज्ञात सञ्चालक (हरू) विरूद्ध सत्तारूढ़ एसकेएम पार्टीले प्राथमिकी दर्ता गरेको छ। एसकेएमले उक्त फेसबुक अकाउण्ट चलाउने व्यक्ति विरूद्ध मुख्यमन्त्री प्रेमसिंह तामाङलाई बद्नाम गर्ने अभिप्रायले आपत्तिजनक पोस्ट गरेको आरोप लगाएको छ। एसकेएम प्रचार सचिव रञ्जना प्रधानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, विपक्षी एसडीएफ पार्टीद्वारा सञ्चालित ‘जुट्यो सिक्किम बढ्यो सिक्किम’ नामक फेसबुक अकाउण्टले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई बद्नाम गर्ने अभिप्रायले आपत्तिजनक पोस्ट गरेको छ। यस्तो आपत्तिजनक र कानूनविरोधी काम गरेकोमा एसकेएम पार्टीको सामाजिक सञ्जाल प्रकोष्ठका महासचिव कुङ्गा राब्देन भोटियाले यस आईडी विरूद्ध सदर थानामा साथै क्राइम ब्राञ्चमा प्राथमिकी दर्ता गरेका छन्।

एसकेएमले उक्त फेसबुक आईडीमाथि स्थानीय एउटा अङ्ग्रेजी समाचार पत्रमा प्रकाशित समाचारमा मुख्यमन्त्रीको फोटो टॉंसेर मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिको मानहानि गर्ने काम गरेको आरोप लगाएको छ। उक्त फेसबुक आईडीले यसभन्दा अघि पनि समाजविरोधी, राज्यविरोधी र देशविरोधी पोस्टहरू गरिएको रेकर्ड रहेको दाबी गरिएको छ।

एसकेएमले उक्त फेसबुक अकाउण्ट चलाउने व्यक्ति विरूद्ध तत्काल कारबाही गर्नुपर्ने माग गरेको छ। एसकेएमले भनेको छ, २५ वर्ष कीर्ते पर्चा जनतामा बॉंड़ेर भ्रम फैलाउने एसडीएफ पार्टीले आज सामाजिक सञ्जालमा फेक आईडी चलाएर जनतालाई भ्रमित गर्दैछ। एसडीएफ पार्टी अस्तित्वमा आएदेखि नै यस्तो घिनलाग्दो क्रियाकलापमा संलग्न छ। अहिले दिनदिनै एसकेएम पार्टीको जनसमर्थन बढ्न थालेपछि विपक्षीहरू आतिएका छन्। त्यस कारण उनीहरू सिक्किमे समाज भाड्न कुनै पनि हदसम्म जान तयार छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement