हिमालयन अरेन्ज टूरिज्म फेस्टिभल २०२२ बाट फर्कियो वाईएलटीपी टोली

63e80a65-c3d6-4304-9e7e-2c4f2039f9aa


कालचिनी- गत ९ दिसम्बरदेखि ११ दिसम्बरसम्म कलकत्ता सल्टलेकमा सम्पन्न भएको हिमालयन अरेन्ज टुरिज्म फेस्टिभल २०२२ मा सहभागी बन्न पुगेको वाईएलटीपी टोली कलकत्ताबाट कालचिनी फर्कि आएको जानकारी टोलीको प्रमुख रामकुमार लामाले जनाएका छन्| हिमालयन अरेन्ज टूरिज्म फेस्टिभलको आयोजना एसोसिएसन फर कन्जर्भेशन एन्ड टुरिज्मले गरेको थियो भने सो फेस्टिभलमा नेपाल लगायत दार्जीलिङ सिक्किम र अरुणाचल प्रदेशका सुन्तलाको प्रदर्शनी स्टलहरू राखिएको थियो|
सो अवसरमा अलिपुरद्वार जिल्ला तथ्य अनि संस्कृति विभागको सिफारिसमा कालचिनी राजाभातखावाबाट आर्ट अफ लिभिङ वाईएलटीपीको जम्मा १५ जना लोक कलाकारको टोली सांस्कृतिक कार्यक्रममा सहभागी बन्न पुगेको थियो|
उक्त फेस्टिभलको कार्यक्रममा वाईएलटीपी टोलीले मारुनी नृत्य सहित हात्ती नृत्य प्रदर्शन गरेर दर्शकहरूको प्रशंसा बटुल्न सफल भएको र कार्यक्रममा हिमालयन रुरल टूरिज्मको ब्रान्ड एम्बेसडर लिजेन्ड फूटबलर भाइचुङ भुटियाले पनि आएर टोलीसित भेटघाट गरेको टोली प्रमुख रामकुमार लामाले बताएका छन्| कार्यक्रममा सहभागी बन्न मौका दिएको अलिपुरद्वार जिल्ला तथ्य अनि संस्कृति विभाग लगायत एसोसिएशन फर कन्जर्भेशन एन्ड टुरिज्मका राज बसुलाई वाईएलटीपीको पक्षबाट रामकुमार लामाले विशेष धन्यवाद ज्ञापन गरेका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement