अलिपुरद्वार जिल्ला परिषदद्वारा ४ वटा एम्बुलेन्स वितरण

00895a06-29de-4e5e-b679-fa7faf95f4b0


कालचिनी- अलिपुरद्वार जिल्ला परिषदको सौजन्यमा आज जिल्ला परिषद कार्यालयबाट जम्मा ४ वटा एम्बुलेन्स वितरण गरिएको छ| उक्त अवसरमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति शीला दास सरकारले उपस्थित अतिथिहरूलाई स्वागत जनाएकी थिईन| उपस्थित अतिथिहरूमा अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा लगायत सहकारी सभाधिपति मनोरञ्जन दे, अलिपुरद्वार डीपीएससी चेयरम्यान परितोष बर्मन, एसजेडीए चेयरम्यान डा. सौरभ चक्रवर्ती, अलिपुरद्वार जिल्ला परिषदको एडीएम सुवर्ण रोय एवम् अलिपुरद्वार जिल्ला परिषदको कर्माध्याक्षगण क्रमैले गणेश महली, जसिन्ता लाकड़ा, रतनकुमार महन्त र देवोजीत सरकार एवम् अन्यान्य रहेको थियो|
यस क्रममा उपस्थित अतिथिहरूले हरियो झण्डी देखाएर क्रमैले बाराबिसा व्यावसायी समिति, बाबुरहाट सांस्कृतिक संघ, दक्षिण पानियलगढी ग्राम विकास समिति र मानवीक मुखलाई चारवटा एम्बुलेन्स प्रस्थान गरेको थियो| स्वास्थ्य परिसेवमा उपरोक्त संस्थाहरूले असल कार्य गरेकोले नै जिल्ला परिषदको सौजन्यमा चारवटा एम्बुलेन्स प्रदान गरिएको र यसबाट अझै सम्बन्धित ठाउँका मानिसहरूले चाहेको स्वास्थ्य परिसेवा समयमा पाउने आशा गरीएको अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकारले बताएकी छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement