अवैद्य तथा चुलाई रक्सी बन्द गर्न आबासाको ज्ञापन आबकारी विभागलाई

033fea64-96dc-4a81-9fc5-a4e184741e44


कालचिनी- कालचिनी खण्डको मेन्दाबारी, लोथाबारी, साताली र चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा अवैद्य रक्सी कारखाना बन्द गराइनु पर्ने दाबी लिएर आज अल बंगाल आदिवासी स्टुडेन्ट्स एसोसिएशन (आबासा) द्वारा अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या स्थित आबकारी विभागको अधीक्षक समक्ष एउटा ज्ञापन सुम्पिएको जानकारी आबासाको पक्षबाट शरद महली र राजकुमार उराउँले दिएका छन्|
आज उक्त ज्ञापन चढ़ाउन आबासाको प्रायः १५ जना सदस्यहरू डुवर्सकन्या पुगेको थियो भने त्यहॉं जिल्ला आबकारी विभागको अधीक्षक समक्ष गाउँघरमा बढ़दो लोकल देशी दारु अर्थात चुलाई रक्सी बन्द गर्न साथै अवैद्य नशालु ट्याबलेट र ड्रग्सको धन्धा बन्द गर्न कानुनी अभियान चलाईनु पर्ने दाबी लिएर ज्ञापन सुम्पिएको थियो| अल बंगाल आदिवासी स्टुडेन्ट्स एसोसिएसनले लगातार सामाजिक सरोकारमा पर्ने विभिन्न मुद्दाहरू लिएर प्रशासनलाई झकझकाउने कार्य गर्दै आइरहेको र आगामी दिनमा अझै यस्ता कार्य गर्दै लैजाने आबासाको सदस्यहरूले जनाएका छन्|

About Author

Advertisement