राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा बण्टी ६-ले क्वार्टर फाइनलमा स्थान बनायो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा बुधवार भएको प्री-क्वार्टर फाइनल म्याचमा बण्टी ६-ले एनयूएफसी नामरिंगलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोशन थापाले २ अनि अभिजीत तामाङले १ गोल गरे। यसरी नै एनयूएफसी नामरिंगबाट निशान्त लोहारले गोल गरे। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।