खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा शीतकालीन प्रशिक्षण शिविर आयोजना गर्ने भएको छ। उक्त शिविर आगामी १८ दिसम्बरदेखि १२ फरवरी २०२३ सम्म खरसाङ ब्याडमिन्टन एसोसिएसनले शीतकालीन ब्याडमिन्टन प्रशिक्षण शिविरको आयोजना गर्नेछ भनी एसोसिएसनका सचिव पियुष राईले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। उनले बताए अनुसार उक्त ब्याडमिन्टन शिविरमा दार्जिलिङका ख्यातिप्राप्त प्रशिक्षक मनिष छेत्रीले प्रशिक्षण दिनेछन्। छेत्री ब्याडमिन्टन वर्ल्ड फेडेरेसनद्वारा प्रमाणित बीडब्लयूएफ लेवल १ स्तरका ब्याडमिन्टन प्रशिक्षक हुन्। उनले ब्याडमिन्टनका धेरै राज्य अनि राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरेर ख्याति कमाइसकेका छन्। खरसाङ क्षेत्रमा ब्याडमिन्टन खेललाई प्रोत्साहन दिन एसोसिएसनले शीतकालीन प्रशिक्षण शिविरको आयोजना गरेको उनले बताएका छन्।