श्री श्री गौशालाको आठौँ स्थापना दिवससितै नयॉं कमिटी गठन

2142306f-a021-4b66-854f-e317ef504b87


कालचिनी- राजाभातखावा स्थित श्री श्री गौशालाको आठौँ स्थापना दिवस आज पालन गरीने क्रममा गौशाला व्यवस्थापन कमिटीको पनि पुनर्गठन गरीएको जानकारी आज उक्त कमिटीको संयुक्त सचिव रामकुमार लामाले दिएका छन्| आज श्री श्री गौशालाको आठौँ स्थापना दिवस पालन गर्ने क्रममा गौशालामा तुलसी वेदीको स्थापना साथै पूजा औ भजन सम्पन्न भएको थियो भने आगामी दुई बर्षको निम्ति श्री श्री गौशालाको नयॉं कमिटी गठन गरिएको थियो|
नयॉं कमिटीमा प्रमुख सल्लाहकारमा राजेश कुमार अग्रवाल, प्रधान संरक्षकमा मनोज झावर, सभापतिमा उग्रसेन अग्रवाल, कार्यकारी सभापतिमा विकास प्रधान, संयुक्त सचिवमा लक्ष्मी गोयंका र रामकुमार लामालाई सर्वसहमतिले चुनिएको बताईएको छ| श्री श्री गौशालाको शुरुवात विगत २०१४ देखि गरिएको र प्रारम्भमा ३ वटा गाईलाई राखेर गौशाला शुरु भएको र आज आएर ६३ वटा गाई गौशालामा रहेको रामकुमार लामाले थप जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement