युवकको हत्याको मुद्दा टुङि्गयो

IMG-20221214-WA0337.jpg

सिलगढी: सिलगढी नजिकैको बैकुन्ठपुर जङ्गलबाट एक मानसिक रूपमा अपाङ्गता भएका युवकको रहस्यमय रूपमा शव भेटिएको सम्बन्धमा सिलगढी महानगरीय प्रहरीले मृतक युवकका दुई साथीहरूलाई पक्राउ गरेको छ। उनीहरूको नाम सुब्रत दास (२२) र अजय राई (२४) हो। उल्लेखनीय छ, सोमबार दिउँसो एक युवकको शव फेला परेको थियो। घटनाको अनुसन्धान गर्दा १२ घण्टाभित्रै प्रहरीले मृतक युवकका दुई साथीलाई शंकाका आधारमा पक्राउ गरेको थियो। उनीसँग सोधपुछ गर्दा सबै घटना बाहिर आयो। सोधपुछपछि मृतक रामप्रसाद साह सोमबार दिउँसो घरबाट निस्किएर रक्सी खान बैकुन्ठपुर जंगल पुगेका रामप्रसाद सुब्रतासँग भेट भएको खुलेको छ। सुब्रत र रामप्रसाद दुवैले सँगै रक्सी पिए। प्रहरी स्रोतअनुसार रामप्रसाद मानसिक रोगका कारण बारम्बार यात्रुहरूसँग पैसा माग्थे। सोमबार पनि रक्सी खाएर रामप्रसादले सुब्रतसँग १०–२० रुपियाँ मागेका थिए। यसैलाई लिएर दुवैबीच झगडा भएको थियो। सो क्रममा सुब्रतले रामप्रसादलाई ढुंगा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement