सिलगढी: सिलगढी विभागको माटिगाराको खाप्रेलदेखि सालुगढासम्म राष्ट्रिय राजमार्ग निर्माणको सम्बन्धमा बुधबार सिलगढी पीडब्लूडी निरीक्षण भवनमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा सिलगढी नगर निगमका मेयर गौतम देव, दार्जिलिङ जिल्ला मजिस्ट्रेट एस पूर्णवल्लम, सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी, पश्चिम बंगाल सरकारको सार्वजनिक निर्माण विभागका वरिष्ठ अधिकारीहरू र भूमि विभागका अधिकारीहरू उपस्थित थिए। बैठकमा राष्ट्रिय राजमार्ग निर्माणका विषयमा विस्तृत छलफल भएको थियो।










