कोलकाता: पश्चिम बङ्गालमा जाडोको मौसममा पनि डेंगुका कारण बारम्बार मृत्यु हुने गरेको छ। कोलकातामा पछिल्लो दुई दिनमा डेंगुका कारण दुई महिलाको मृत्यु भएको छ। एक महिला ५२ वर्षीया विन्दुदेवी दास रहेको बताइएको छ। उनी बेलियाघाटाको राजा राजेन्द्रलाल मित्र रोडकी बासिन्दा थिइन्। १ दिसम्बरमा उनलाई बेलियाघाटा आईडी अस्पतालमा भर्ना गरिएको थियो। अर्की महिलाको नाम कमला बासाक बताइएको छ। ६२ वर्षीया कमला राजारहटको गोपालपुर नगरपालिका चण्डीबेडिया शारदा पल्लीकी थिइन्। ४ दिसम्बरमा उनलाई बेलेघाटा आईडी अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनको मृत्यु भएको समाचार छ। यसको पुष्टि गर्दै अस्पताल व्यवस्थापनले बुधबार राज्यभर डेंगुबाट मृत्यु हुनेको संख्या १०२ पुगेको जनाएको छ। उल्लेखनीय छ, यस पटक राज्यमा डेंगुको चपेटामा लगातार चिसो बढ्नुअघि नै मानिसको मृत्यु भइरहेकाले चिन्ता बढेको छ। जाडो शुरु भएसँगै डेंगुका कारण मृत्यु हुनेको संख्या पनि कम हुने मुख्यमन्त्रीले दाबी गरेका थिए।










