ट्रक र टोटो ठोक्किँदा टोटो चालकको मृत्यु

IMG-20221214-WA0283.jpg

मालदा: ट्रक र टोटोको ठक्करबाट टोटो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीय अतौर शेख रहेका छन्। उनी छोटा महदीपुर क्षेत्र मोथाबादीका बासिन्दा थिए।जानकारीअनुसार बुधबार दिउँसो लगभग १ बजे टोटो चालक अतौर शेख कालियाचकबाट मोथाबादी प्रहरी चौकी छोटा महदीपुरस्थित आफ्नो घर जाँदै थिए। सोही क्रममा मोथाबादीबाट आउँदै गरेको ट्रकले टोटोलाई ठक्कर दिएको हो। टोटो चालकको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि मालदा मेडिकल कलेज र अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement