चितुवा वन विभागको खोरमा

photocollage_2022121415420922.jpg

अलिपुरद्वार: अलिपुरद्वारको दलगाउँ चिया बगानमा बुधबार वन विभागको खोरमा चितुवा फसेको छ। खोरमा चितुवा फसेको खबर फैलिने बित्तिकै चितुवा हेर्न ठूलो संख्यामा मानिसहरू त्यहाँ पुगेका थिए। चियाबारी स्रोतअनुसार चियाबारीमा चितुवा समात्न वन विभागले खोर राखेको थियो। आज बिहान चितुवा खोरमा फसेको छ ।यहाँ चितुवा पिँजडामा परेको खबर फैलिएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ। दलगाउँ चिया बगानका प्रबन्धक मृगांक भट्टाचार्यले भने, “बागगनका कर्मचारीले बगैंचामा चितुवा देखेपछि वन विभागले यहाँ चितुवालाई पक्रन खोर लगाएको थियो। बगैंचाका कर्मचारीले आज बिहान खोरमा चितुवा फेला पारेका थिए।”

About Author

Advertisement