सतना (मध्य प्रदेश): मध्य प्रदेशको सतना जिल्लामा रोटी दिएको बहानामा भोकले तड्पिरहेकी महिलालाई सामूहिक बलात्कार गरेको मानवतालाई लज्जित पार्ने सनसनीपूर्ण घटना अघि आएको छ। रिसाएर घरबाट निस्केकी महिला भोकले तड्पिरहेकी थिइन्। बाटोमा एउटा ढाबामा पुगेर रोटी मागेकी थिइन्, उनलाई रोटी दिइयो शैतान प्रवृतिका व्यक्तिहरुले पालैपालो गरि बलात्कार गरे। पुलिसका अनुसार महिलालाई १२ दिनसम्म ढाबामा थुनेर ढाबामा नै निरन्तर यातना दिइएको थियो। त्यसपछि कुनै न कुनै तरिकाले मौका पाएपछि महिला ढाबाबाट भागेर नादान पुलिस थानामा पुगेर आफ्नो पीडा सुनाइन्।
पुलिसले महिलाको बयानका आधारमा कञ्चन ढाबाका मालिक, भान्से र एक कर्मचारीलाई पक्राउ गरेको छ। पुलिसका अनुसार राष्ट्रिय राजमार्ग ३० स्थित कञ्चन ढाबामा २६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो। यस जघन्य अपराधमा ढाबाका मालिक राजेन्द्र पटेल (जरियारी निवासी), लल्लु यादव (मौगञ्ज निवासी) र सन्नी साकेत (रिगडा निवासी) को नाम सार्वजनिक भएको छ, उनीहरुलाई पुलिसले पक्राउ गरेको छ। पीडित महिला १२ दिनअघि रिसाएर घर छोडेर बहिनीको घर लालपुर गएकी थिइन्। भोक लागेर ढाबा पुगेकी थिइन्, जहाँ उनलाई रोटी दिइएको थियो, तर शैतान मानसिकताहरुले उनलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए। पुलिसका अनुसार मङ्गलबार युवतीले मौका पाएर भागेपछि नादान पुलिस थाना पुगेर आफ्नो पीडा सुनाइन्। नादान पुलिस स्टेशनका इन्चार्जले भने, ‘आरोपीहरू विरुद्ध आईपीसीको धारा ३७६ र ३४२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ र आरोपीहरूलाई जेल पठाइएको छl’ यो घटना सतना जिल्लाको मैहर नादान देहात थाना क्षेत्रना भएको हो।










