सिलगढी: सिलगढीको एक घरबाट दुर्लभ प्रजातिको कछुवा फेला परेपछि वन विभागले यस्ता घटना दोहोरिन नदिन पशुपक्षी बेच्ने पसल र घरहरूमा छापा मारिरहेको छ। वन विभागको बेलाकोबा रेन्जले बुधबार सिलगढीको विधान रोडमा धेरै घर र घरपालुवा जनावरको पसलमा छापा मारेको छ। यस सम्बन्धमा वन विभागका अधिकारीहरूले सिलगढीको हाकिमपाडामा एक व्यापारीको घरमा छापा मारेका थिए। यो अभियानमा बेलाकोबाका रेन्जर सञ्जय दत्त पनि थिए। यस अभियानमा दुर्लभ प्रजातिका जनावर वा पंक्षी नभेटिए पनि वन विभागअनुसार यस्ता अभियानलाई निरन्तरता दिइनेछ। अर्कोतर्फ विधान रोडका एक व्यवसायीले आफूले त्यस्तो प्रतिबन्धित जनावर बिक्री नगर्ने बताए।










