पिकनिकबाट फर्किँदै गरेको बस दुर्घटनाग्रस्त

bc589947-c75c-4951-b4a1-ee11745a420c

कोलकाता: दक्षिण २४ परगनाको राइदिघीमा पिकनिकबाट पुरुलियाको अयोध्याबाट फर्किरहेको बस बुधबार बिहान हुगलीको हरिपाल विधानसभा क्षेत्रको इल्लीपुरमा दुर्घटनामा परेको छ। बसमा लगभग ७२ जना यात्री सवार थिए। दुर्घटनामा एक महिला यात्रीको मृत्यु भएको छ भने कम्तीमा ३० यात्री गम्भीर घाइते भएका छन् ।दुर्घटना लगत्तै राज्यमन्त्री बेचराम मन्ना हरिपाल अस्पताल पुगेका थिए। मृत्यु हुनेमा तापसी हल्दार (३६) रहेको छ। हरिपाल प्रहरी चौकी र चण्डितला प्रहरी चौकीले स्थानीयको सहयोगमा घाइतेलाई अस्पताल भर्ना गरेको थियो। घटनास्थलमा मन्त्री बेचराम मन्ना र विधायक डा. कार्वि मन्ना पुगेर घाइतेसँग कुराकानी गरेका थिए। दुर्घटनाको जानकारी पाएलगत्तै हरिपाल ब्लक तृणमूल कङ्ग्रेस अध्यक्ष देवाशिष पाठक, प्रधान सुमित सरकार र अन्य तृणमूल नेतृत्व र कार्यकर्ता घटनास्थल पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement