कुचबिहार: तुफानगञ्ज नम्बर एक ब्लक भित्र रहेको फुलबारी ग्राम पंचायतको कालीबारी क्षेत्रमा मङ्गलबार राति तुफानगञ्ज कलेजका एकजना विद्यार्थीको घरमा तोडफोड र बम विस्फोटको सनसनीपूर्ण घटना अघि आएको छ। पुलिसले घटनास्थलबाट नयाँ बम बरामद गरेको समाचार छ। तुफानगञ्ज कलेजका तेस्रो वर्षका विद्यार्थी विक्रम दासको घरमा तोडफोड र बम विष्फोट भएको छ। घटनाको खबर पाएलगत्तै तुफानगञ्ज पुलिस थानाका पुलिस बल घटनास्थलमा पुगेर स्थितिबारे जानकारी लिए। पुलिसले सबै घटनाको अनुसन्धान शुरु गरेको छ। यसअघि पनि कलेजमा विभिन्न तरिकाले धम्की आएको विद्यार्थीको आरोप छ। हिजो राति उनी घरमा थिएनन्, त्यसपछि अचानक केही अपराह्न आएर उनको घरमा तोडफोड गरी बम विस्फोट गराएको समाचार छ।










