सिक्किमका दुई शीर्ष खेलाड़ी कुनाल तामाङ र सांगे डाडुल भूटियासँग पाक्योंगको रोअरिंग लेपर्ड फूटबल क्लबले अनुबन्ध गऱ्यो। आउँदो वर्ष जनवरीमा शुरु हुने सिक्किम प्रीमियर लीग (एसपीएल)-को पहिलो संस्करणको निम्ति क्लबले यी दुई फूटबलरसँग अनुबन्धको औपचारिकता पूरा गरेको छ। दुवै खेलाड़ीको अनुबन्ध राशि १.५ लाख रुपियाँ (प्रत्येकको) गरेर रहेको छ। सेण्टर ब्याक कुनालले यसअघि गार्जियन एञ्जल, हाइडेर्या स्पोर्ट्स, सदर्न समिति, पारो एफसी र सिक्किम हिमालयन स्पोर्टिंग क्लबको प्रतिनिधित्व गरेका थिए।

यसरी नै साइड ब्याक सांगेले स्टेट स्पोर्ट्स एकाडमी (एसएसए), पाक्योंग युनाइटेड स्पोर्टिंग क्लब, सिक्किम यूनिकर्न फूटबल क्लब, आक्रमण फूटबल क्लब, युनाइटेड सिक्किम फूटबल क्लब, एटीके रिजर्भ, कोदागु एफसी बेंगलुरु र सिक्किम हिमालन स्पोर्टिंग क्लबको प्रतिनिधित्व गरेका थिए।