गोरायुमो रंगबुल-धोत्रे-रंगबुक समष्टिका प्रवक्ता विक्रमआदि राईलाई दिए सुझाव

IMG_20221214_135348.jpg

दार्जीलिङ: जीटीएद्वारा गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको सालिग निर्माणबारे गोरामुमो अध्यक्ष मन घिसिङलाई जीटीए प्रमुख कार्यपाल अनित थापाले हाम्रो पार्टीका सांगठनिक सचिव विक्रमआदि राईले सामाजिक संजालमा टिप्पणी गरेपछि अहिले विवाद सृजना भएको छl सो टिप्पणीलाई गोरायुमो रंगबुल-धोत्रे-रंगबुक समष्टिका प्रवक्ता प्रसाद राईले विरोध जनाउँदै सुझाव दिएका छन्l सुझाव दिँदै प्रसाद राईले विज्ञप्तिमा यसो भनेका छन्, ‘केही नसोचि बाठ्ठो भएर बोल्नु हुँदैन तपाईं आफ्नो खुट्टामा उभिनुहोस् आफ्नो पार्टी समाल्नुहोस् हामीलाई सिकाउनु पर्दैन हामी सुवासवादी हौं के गर्नुपर्छ त्यो हामीलाई थाहा छl यो तपाईंको विषय वस्तु होइनl दुईवटा पार्टी सक्ने र पार्टी चाहारी हिड्नेहरुले हामीलाई सुझाव दिन सुहाउँदैनl’ प्रसाद राईले पंचायत चुनाव बारे बोल्दै भने, ‘पंचायत चुनाव जीटीएमा गराउँछ भने त्रिस्तरीय हुनु पर्‍यो, तर बङ्गालले दुई स्तरीय चुनाव गराउने पक्षमा छl यसले दागोपाप जिउँदो रहेको प्रमाण भएको छ, किनभने दुई स्तरीय चुनाव दागोपाप भित्रको प्रावधान हो र जीटीए केवल बाहिरी आवरण मात्र होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement